सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका जनकपुर शाखा प्रमुख मुटुरोग विभागका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर राजेशकुमार साहले अवदेखि कटारी स्थित कटारी मोडल हेल्थ केयर प्रालिबाट समेत सेवा दिने भएका छन ।
केयर प्रालिले आज शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रालिबाट मुटुरोग विशेषज्ञ डाक्टर साहले पनि सेवा दिने जानकारी दिएको हो ।
प्रालिका प्रमुख डाक्टर गणेशलाल दासले कटारीबाट मुटुरोगीहरुलाई सहज उपचार गराउने व्यवस्थाका लागि डाक्टर साहले कटारीबाट उपचार गराउने व्यवस्था मिलाएको बताए।
पत्रकार सम्मेलनमा डाक्टर साहले विरामीहरुलाई काठमाडौं जान आउन गाह्रो हुने भएकाले सरकारले प्रदेशमा पनि शाखा स्थापना गरेको बताउँदै जनकपुर शाखाबाट उपचार गरिरहेको अवस्थामा विरामीहरुको औषधि र रेखदेख अवस्था बुझेर परामर्श दिन पनि सहज होस भन्ने उद्येश्यले कटारीबाट पनि उपचार सुरु गरेको बताए।
यस क्षेत्रका रोगीहरुलाई सेवा दिने उद्येश्यका साथ रोगीहरुलाई कटारीमै उपचार गराउँदा राहत मिल्ने पनि बताए । त्यसैगरी मुटुको भल्व फेरेका लगायतका मुटु रोगीहरुले अव अन्यत्र जानु नपर्ने पनि डाक्टर साहले बताउनुभयो ।प्रालिका डाक्टर हाडजोर्नी विशेषज्ञ नागेस्वर प्रसाद साह कटारीमा सवै मिलेर अघि बढे राम्रो अस्पत्ताल बन्न सक्ने बताए ।
प्रालिका संञ्चालक दासले अवदेखि मुटुका रोगीहरुले गंगालाल हृदय केन्द्रमा उपचारका लागि जानु पर्ने बाध्यता अन्त्यका लागि कटारीबाटै मुटुरोग विशेषज्ञको उपस्थितिमा उपचार सुरु गरिएको बताए । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका जनकपुर शाखा प्रमुख मुटुरोग विभागका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर राजेशकुमार साहले अवदेखि कटारी स्थित कटारी मोडल हेल्थ केयर प्रालिबाट समेत सेवा दिने हुनुभएको छ ।
केयर प्रालिले आज शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रालिबाट मुटुरोग विशेषज्ञ डाक्टर साहले पनि सेवा दिने जानकारी दिएको हो । प्रालिका प्रमुख डाक्टर गणेशलाल दासले कटारीबाट मुटुरोगीहरुलाई सहज उपचार गराउने व्यवस्थाका लागि डाक्टर साहले कटारीबाट उपचार गराउने व्यवस्था मिलाएको बताए ।
पत्रकार सम्मेलनमा डाक्टर साहले विरामीहरुलाई काठमाडौं जान आउन गाह्रो हुने भएकाले सरकारले प्रदेशमा पनि शाखा स्थापना गरेको बताउँदै जनकपुर शाखाबाट उपचार गरिरहेको अवस्थामा विरामीहरुको औषधि र रेखदेख अवस्था बुझेर परामर्श दिन पनि सहज होस भन्ने उद्येश्यले कटारीबाट पनि उपचार सुरु गरेको बताए ।
यस क्षेत्रका रोगीहरुलाई सेवा दिने उद्येश्यका साथ रोगीहरुलाई कटारीमै उपचार गराउँदा राहत मिल्ने पनि बताउनुभयो । त्यसैगरी मुटुको भल्व फेरेका लगायतका मुटु रोगीहरुले अव अन्यत्र जानु नपर्ने पनि डाक्टर साहले बताए । प्रालिका डाक्टर हाडजोर्नी विशेषज्ञ नागेस्वर प्रसाद साह कटारीमा सवै मिलेर अघि बढे राम्रो अस्पत्ताल बन्न सक्ने बताए।
प्रालिका संञ्चालक दासले अवदेखि मुटुका रोगीहरुले गंगालाल हृदय केन्द्रमा उपचारका लागि जानु पर्ने बाध्यता अन्त्यका लागि कटारीबाटै मुटुरोग विशेषज्ञको उपस्थितिमा उपचार सुरु गरिएको बताए ।