लेखकः भोला बनिया
मैले लेखेको ‘सामाजिक विकास, जनसहभागिता र कल्याण’ पुस्तक विमोचन भएको छ । मैले यस पुस्तकमा राज्यबाट पछाडि पारिएका अल्पसंख्यक, शोषित–पीडित र पिछडावर्गका समुदायहरु किन अगाडि आउन सकेनन् र यसको मुख्य कारण के हो भन्ने सन्दर्भहरु उठान गरेको छु । जबसम्म राज्यबाट पछाडि पारिएका समुदायहरुको सामाजिक न्याय हुन सक्दैन, तबसम्म समाजको कल्याण हुँदैन ।
यसका लागि सबैभन्दा पहिले राज्यका हरेक निकायहरु पछाडि पारिएका समुदायहरुको जनसहभागिता हुनु जरुरी छ । यो जनसहभागिता जबसम्म हुँदैन तबसम्म समाजको कल्याण गर्नु भनेको बालुवामा पानी खन्याउनु सरह हो । किनभने जब हुँदा खेरि खानेहरु संगठित हुन थाल्छन् तब राज्यले उनीहरुलाई फुटाउन खोज्छ । यसको माध्यमबाट उनीहरुमाथि शासन गर्ने प्रवृति छ । मैले आफ्नो पुस्तकमा यीनै कुराहरुको चिरफार गर्न खोेजेको छु ।
जबसम्म राज्यका विभिन्न नियुक्तिहरुमा राज्यबाट पछाडि पारिएका समुदायहरु, अल्पसंख्यक वर्गहरु, दुर्बलतामा रहेका वर्गहरुलाई माथि उठाउने प्रयास गरिँदैन, उनीहरुलाई विशेष प्रकारको योजनाबद्ध तरिकाबाट विभिन्न सिपमूलक तालिम दिएर होस् अथवा उनीहरुको बसोबास रहेको क्षेत्रमा कलकारखाना स्थापना गरेर होस् अथवा उनीहरुलाई विभिन्न सहयोग गरेर होस्, राज्यले उनीहरुलाई सहयोग गरेको खण्डमा सामाजिक विकास हुन सक्छ । उत्पादन र पुनरुत्पादनको कराहरुमा पनि जोड दिनुपर्छ । किनभने अहिलेको वैज्ञानिक युगको जमाना भएकोले उनीहरुलाई नयाँ–नयाँ प्रकारले कृषि उत्पदानमा लगाउन सकेमा र विभिन्न घरेलु तथा मझौला उद्योगहरुको तालिम दिन सकेमा ती राज्यबाट पछाडि पारिएका समुदायहरु माथि आउन सक्छन् र उनीहरुको कल्याण हुन सक्छ ।
विगतदेखि नै हाम्रो देशमा एकतन्त्रीय राज्य व्यवस्था थियो । जुन सरकार आएपनि उसले आफ्ना आसेपासेलाई मात्र नियुक्ति गर्ने र केवल राजनीतिक नारा मात्र दिएर अल्पसंख्यक र पछाडि परेका समुदायहरुलाई भोट तान्ने प्रवृत्ति मात्र भएकोले उनीहरु माथि आउन सकेका छैनन् । हामीले उदाहरणका लागि पछिल्लो समय सरकारले गरेको राजदूत नियुक्तिलाई पनि हेर्न सक्छौं । जसमा पछाडि पारिएका समुदायहरु त्यहाँ समानुपातिक प्रतिनिधित्व छैन । त्यसैले विभिन्न विश्वविद्यालयहरुको उपकुलपतिदेखि लिएर विभिन्न राजनीतिक नियुक्तिहरुमा पनि पछाडि परेका समुदायहरुको समावेशिता देखिँदैन । यसले प्रष्ट पारेको छ कि नेपालमा सामाजिक न्याय रहेको छैन ।
सरकारले सामाजिक न्याय गर्न सकेको छैन र अन्य क्षेत्रबाट पनि सामाजिक न्याय हुन सकेको छैन । सामाजिक न्याय भनेको कोरा कागजमा मात्र सीमित गरिएको छ । त्यो कोरा कागजमा सीमित रहँदासम्म राज्यको मूलधारमा आउन नसकेका समुदायहरु अगाडि बढ्न सक्दैन । जसले गर्दा समाजको न्याय हुन सक्दैन र समाजका दुई वटा वर्गहरु हुँदा खाने र हुने खाने वर्गहरु बीचमा विभेद रहिरन्छ ।
एलएच मोर्गन थियोर । मैले लेखेको ‘सामाजिक विकास, जनसहभागिता र कल्याण’ पुस्तकमा एलएच मोर्गनको थियोरीमा पनि समावेश गरेको छु । उनले भनेका छन्, जंगली बर्बरता र सभ्यताको तीन वटा वर्गमा विभाजन गरेका छन् । जब सभ्यताको युग आयो त्यतिबेला मानिसहरु व्यक्तिवादतर्फ उन्मुख भए । त्यो व्यक्तिवाद भनेको मैं खाउँ, मैं लाउँ, मै सब सुखशयल गरु, अरु सब मरुन दुर्बलहरु । त्यो स्वार्थी भावनाका कारण मानिसहरु छुट्टाछुट्टै समूहमा विभाजन भए र ती समूहहरुले आफ्नो स्वार्थका लागि गरे जसले गर्दा समाज एउटा वर्ग विभाजनमा देखा प¥यो ।
बाबा राम जनम तिवारीले जीवनको अनेक क्षेत्रमा आफ्नो मौलिक विचार प्रस्तुत गर्नुभएको थियो । उनको विचारलाई तिवारी विचारधारा भनिन्छ । उहाँको तीन वटा प्रमुख स्तम्भ सत्य, अहिंसा तथा धर्म हो । उनको विचारधाराको आधारशीला नैतिकता हो । उनी नैतिकताका यति ठूला पुजारी थिए कि अनैतिक वा हिंसात्मक साधनद्वारा मधेशमा आन्दोलन गर्नका लागि तयार थिएनन् । उनको एउटा दृढ विश्वास थियो कि भर्मलाई राजनीतिबाट अलग गर्न सकिँदैन । विना धर्मको राजनीति मृत्युपास जस्तै हो ।
उहाँले विभेदरहित समाजमा बढी महत्व प्रदान गर्नुहुन्थ्यो । किनकि उनको योजनामा व्यक्ति नै अधिकार एवं मान्यताको केन्द्रविन्दू हो । कुनै पनि समाजमा जबसम्म उल्लेखनीय प्रगति हुँदैन तबसम्म व्यक्तिको विकासको अवसर उपलब्ध हुँदैन । उनको मत थियो कि व्यक्तिको स्वतन्त्रता समाजको परिप्रेक्ष्यमा हेर्नुपर्छ र व्यक्तिको आफ्नो स्वतन्त्रताको प्रयोग समाजद्वारा निर्धारित गरिएको सीमामा गर्नुपर्छ । यसप्रकार बाबा रामजनम तिवारीले व्यक्तिगत स्वतन्त्रतासँगै संयम र अनुशासनमा पनि जोड दिनुभएको थियो ।
शिक्षाको क्षेत्रमा पनि उहाँले जोड दिनुभएको थियो ।
उहाँले शिक्षा यस्तो हुनुपर्छ जसले मानिसलाई जिउने कला सिकाओस् । प्रचलित राज्यको व्यवस्थामा पाइने दोषहरुलाई देखेर उहाँले समावेशी समानुपातिक राज्य प्रणालीको एक नवीन रुपरेखा प्रस्तुत गर्नुभयो । उनको राजनीतिक आदर्शको अन्तिम रुप सम्पूर्ण तराईलाई एउटा प्रदेश बनाउने, सामाजिक क्षेत्रको अन्तिम लक्ष्य सर्वोदय थियो । सर्वोदय तराई प्रदेशको आधारशिला थियो । उनको विचारमा यदि समाजमा राजनीतिको स्तर स्थानीय भयो भनेव्यक्तिले पूर्ण राजनीतिक एवं आर्थिक स्वाधिनताको अनुभव गर्दछ । यस प्रकार उनले सर्वोदयको लागि एक विकेन्द्रित अर्थ व्यवस्थाको प्रारुप प्रस्तुत गर्नुभयो । उहाँले राज्य शक्तिलाई विकेन्द्रीकरण गर्ने पक्षधर हुनुहुन्थ्यो ।
बाबा रामजनम तिवारीले सामाजिक पुनर्निर्माणको लागि सर्वोदय आन्दोलन सुरु गर्नुभएको थियो । यस आन्दोलनको प्रमुख तत्व समाज सुधार आन्दोलनमा परिलक्षित थियो । काशी प्रसाद श्रीवास्तव जस्ता महान समाज सुधारकद्वारा चलाइएको आन्दोलन सर्वोदयको भावनामा आधारित थियो । तर ग्रामीण पुनर्निर्माणको विचारधारा पूर्णरुपले तिवारीको भावनामा आधारित छ । उहाँले सत्यसको स्तम्भलाई खडा गर्नुभयो । तिवारीजीको भनाइमा राजनीतिक स्वतन्त्रता सामाजिक पुनर्निर्माणको पहिलो कदम हो ।
तराई स्वराजको अभिप्रायः सर्वोदय समाज स्थापना गर्नु हो । जसमा सबैको कल्याण होस् ।
स्वराजको सम्बन्धमा तिवारीद्वारा चलाइएको रचनात्मक कार्यक्रमसँग सम्बन्धित थियो । यसद्वारा यस्तो समाजको रचना गर्नुथियो । जसमा शोष गर्ने शक्तिको विरोध गर्न सकियोस् । सुरुवातमा सर्वोदयअन्तर्गत निम्न कार्यक्रम सम्मिलित गरिएको थियो । उहाँले आफ्ना समर्थकहरुसँग गाउँमा गएर यी कार्यक्रम चलाउन अनुरोध गर्नुभएको थियो ।
आदिमकालबाट नै मानव यस आशयको अधिक प्रयास गर्दकक भौतिक आवश्यकता, विरामी, मलिनता, निष्क्रियता एंव अज्ञानता पर रहोस । उसको जीवनमा सुख एंव शान्तिको अनुभव हुन सकोस । कनै पार उसको सदस्यको एक न्यूनतम इच्छित जीवन प्रदान गर्नको लागी सख आश्वासन दिनको लागि यो आवश्यक छ की समाजको सबै वर्गको विस सकोस । केवल आर्थिक विकास प्रयाप्त छैन बरू सामाजिक विकास पनि यो छ । विकासको लागि चेतना, नियोजित एंव संगठित प्रयास तब मात्र सम्भव छ विकाससँग सम्बन्धित समुचित निति बनाइन्छ । यसका लागि अपेक्षित नियोजन गरियोस् ।
दुर्भाग्यबस विकासको महत्वलाई व्यापक रूपले स्वीकार गरिदा पनि आर्थिक विकासमा बल दिइएको छ । यसैगरी अपेक्षित समाज सेवा एंव समाज कल्याण सेवालाई आयोजित गर्दै सामाजिक विकासलाई पोत्साहित गर्नमा मात्र ध्यान दिइएन बरू यसलाई बिस्तारै हिडाइयो । विकास प्रकियाको दौरान प्राप्त भएको अनुभव, विशेष रूपले विकासको परिणाम स्वरूप हुनसक्ने लाभको वितरण सँग सम्बन्धित प्रतिपुष्टिको आधारमा यो तथ्य सामुन्ने आएको छ की विकास यस प्रकार गर्नुपर्छ जसले आर्थिक समृद्दि साथसाथै समाजको सदस्यको व्यत्तित्वको सर्वाङगिण विकासको लागी अपेक्षित अवसर उपलब्ध हुन सकोस । निर्वल एवं शोषणको सरलता पुर्वक शिकार बन्ने वर्गलाई विशिष्ट प्रकारको संरक्षण हुनसकोस ।
सामाजिक क्रियामा प्रभावपूर्ण रूपले भाग लिनको लागि उचित कार्यको सर्त एंव परिथितीको निश्चितता गराउन सकियोस । विकासको परिणाम स्वरूप हुनसक्ने लाभमा मानिसको साम्यपूर्ण हिस्सा मिल्न सकोस । यसले आर्थिक मात्र होइन बरू सामाजिक असमानता कम भन्दा कम हुन सकोस् ।
सामाजिक विकासको महत्वलाई आज व्यापक स्वीकृति प्राप्त भएको छ । तर यसलाई प्रभावकारी बनाउनको लागि अपेक्षित ज्ञान एंव निपुर्णताको आज पनि अभाव छ ।अल्पविकसित देशको सन्दर्भमा यो भनाई अधिक प्रभावपूर्ण छ । राम्रो सामाजिक विकासको लागि समुचित सामाजिक निति र समाजकल्याण निति आवश्यक छ । यस पुस्तक अन्तर्गत सामाजिक निति, समाज कल्याण निति, समाज कल्याण नियोजन र सामाजिक विकासको विविध पक्षको विश्लेषण गर्ने प्रयास गरिएको छ ।
आशा छ यो पस्तक सामाजिक विकास, जनसहभागिता र समाज कल्याणमा अभिरूचि राख्न नात निर्धारण, प्रशासक समाज कार्यकर्ताको लागि विशेष रूपले तथा यि क्षेत्रमा आमा राख्ने सबै व्यक्तिको लागि सामान्य रूपले उपयोगी हुन्छ । (मधेश दर्पण फिचर सेवा)