उदयपुर । प्रधामन्त्री केपी शर्मा ओलीले चालेको संसद विघटनको कदमलाई असंवैधानिक ठहर गर्दै सर्बोच्च अदालतबाट संसद पुनस्र्थापनाको पक्षमा फैसला भएपछि नेकपा (प्रचण्ड–नेपाल) समुहले खुसीयाली मनाएको छ ।
सर्वोच्चको निर्णयको सम्मान गर्दै उनीहरुले बुधबार गाईघाट बजारमा खुसीयाली र्याली गरे । सर्बोच्च अदालतको फैसलाको सम्मान गरौं भन्दै उनीहरुले नाराबाजी गरेका थिए ।
यसैबीच प्रतिगमन कदम चालेको भन्दै प्रधानमन्त्री ओलीलाई कुर्सी छाड्न भनेका थिए । नालायक सरकार भन्दै उनीहरुले प्रधानमन्त्रीबाट राजीनामा दिन माग गरे । सिंहदरबार र बालुवाटार खाली गर्न भन्दै उनीहरुले नैतिकताको आधारमा प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने बताए ।
खुसीयाली र्यालीपछि लोकतान्त्रिक चौकमा भएको कोणसभालाई नेकपा उदयपुरका सचिव इश्वरमणी राउत, संविधानसभा सदस्य मणी खम्बु र नेकपा त्रियुगा नगरसचिव गिता खड्काले सम्बोधन गर्दै अव नेकपा मजबुद र सशक्त पार्टीको रुपमा अगाडी बढ्ने बताए । उनीहरुले जनताको जीत भएको भन्दै सर्बोच्चको गरिमा थप बढेको बताए ।
न्यायलयले हिजो सर्बोच्च अदालतले प्रधानमन्त्रीले गरेको संसद विघटन असंवैधानिक भएको ठहर गर्दै पुनस्र्थापनाको आदेश दिएको हो । सबोच्चले १३ दिनभित्रका संसद बैंठक बोलाउनसमेत भनेको छ ।
यता राजधानीमा खुशीयाली जुलुस निकालेको छ ।
राजधानीको शान्तिवाटिकामा भेला भएका जनसमुदायले संसद् भङ्ग गर्ने सरकारको असंवैधानिक कदम न्यायालयले सच्याएको भन्दै खुशीयाली साटासाट गरेका थिए ।
सर्वोच्च अदालतले मङ्गलबार प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय खारेज गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश दिएको थियो । सरकारको सिफारिशमा गत पुस ५ गते राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचन घोषणा गरिएको थियो ।
प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयको विरोधमा नेकपालगायत विभिन्न राजनीतिक दलले देशव्यापी जनप्रदर्शन गरेका थिए ।
शान्तिवाटीकामा भेला भएका नेकपाका नेता कार्यकर्ताले जुलुससहित नगर परिक्रममा गरेका थिए । जुलुसमा नेकपाका स्थायी कमिटी सदस्य पम्फा भुसाल, जनार्दन शर्मा, केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ, हिमाल शर्मालगायतको सहभागिता थियो । जुलुसपछि भृकुटीमण्डपमा सभा आयोजना गरिएको थियो ।
सभालाई सम्बोधन गर्दै नेकपा नेत्री पम्फा भुसालले संविधान कुल्चेर प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई न्यायालयले सच्याएको बताउए । ‘अब मुलुक संविधान र संविधानबाट चल्छ, सर्वोच्चबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले पनि खेलाची गर्न सक्दैन भन्ने ऐतिहासिक फैसला भएको छ’, उनले भनिन् । विश्वकै उत्कृष्ठ समाजवादी मोडल स्थापना गर्न अब आफूहरूको ध्यान केन्द्रित हुने उल्लेख गर्दै उनले जनताको न्याय, समानता र मुक्तिको अभियानलाई पूरा गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेत्री भुसालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध देशव्यापी सङ्घर्ष गर्न साथ दिने सम्पूर्ण जनसमुदायप्रति पनि आभार व्यक्त गरेकी छिन् । नेकपाले संसद् पुनःस्थापनाको खुशीयालीमा देशभर जनसभाको आयोजना गरेको छ ।