काठमाडौं । विभाजित नेपाल कम्युनिस्ट पार्टी(नेकपा) तत्कालिन उपाध्यक्ष तथा सचिवालय सदस्य हाल तठथस्त रहेका बामदेव गौतमले सचिवालयकाे बैठक बोलाउन माग गरेका छन् ।
हाल अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेकपा समूह र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई एक भएर सचिवालय बैठक बोलाउन गौतमले माग गरेका हुन् । गौतमले पार्टी अध्यक्षद्वाेय ओली र प्रचण्डलाई तत्काल सचिवालय बैठक बोलाउन माग गरेका हुन् ।
संसद विघटन गरेर ओली समूह चुनावको नारा लगाउँदै आएको थिए । यता प्रचण्ड नेपाल नेकपा समूह संसद पुनः स्थापनाको माग राख्दै सडक आन्दाेलन गर्दै आएकाे थियाे । तर, गौतम भने, दुवै समूहमा नलागिकन पार्टी एकताको पक्षमा एक माग गर्दै आएका थिए ।
अहिले सर्वोच्च अदालतले प्रनिनिधिसभा पुनःस्थापना गरेपछि गौतमले आज विज्ञप्ति प्रकाशन गर्दै पार्टी एकता जोगाउन पार्टी मुख्यालय धूम्रबाराहीमा सचिवालय बैठक बोलाउन माग गरेका छन् । प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभाजन भए पनि उपाध्यक्ष गौतम राष्ट्रिय अभियान सञ्चालन गरेर पार्टी एकता जोगाउन लागेको भन्दै एकता अभियानको संयोजक रहेको दाबी गरिरहेका छन् ।
पार्टी दुई समूहमा विभाजन भएपछि नौ सचिवालय सदस्यमध्ये पार्टी अध्यक्ष ओली, महासचिव विष्णुप्रसाद पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा एकातिर तथा पार्टी अध्यक्ष दाहालसहित माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ अर्का समूहमा रहेका छन्
राष्ट्रियसभाका सदस्य गौतम कुनै समूहमा नरही एकता जोगाउन लागिरहेको बताउँदै आएका छन् । प्रतिनिधिसभा विघटनहुनुभन्दा पहिले गौतम प्रचण्ड नेपाल समूहमा थिए । यता निर्वाचन आयाेगमा दुबै समूह नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम र चुनाव चिन्हकाे दाबी गरिरहेका छन् ।
निर्वाचन आयाेगले नाम र चुनाव चिन्ह फैसला नगरेकाले आधिकारी रुपमा नेकपा विभाजन भएकाे छैन् । भावनात्मक रुपमा विभाजन भएकाे नेकपालाई अब गाैतमले एक बनाउने उद्घाेष गरिरहेका छन् ।