कटारी । कटारीमा ध्वनि प्रदूषण कम गर्ने उद्देश्यले अस्थायी ट्राफिक पोस्ट बेलसोत कटारीले ‘हर्न निषेध’ अभियान प्रभावकारी बनाउन सवारी साधनहरु चेकजाचमा कडाई गरेको छ ।
कटारी–बेलसोत सडकमा चल्ने सानाठूला सबै प्रकारका सबै सवारीसाधनहरुलाई चेक जाचगरी हर्न निषेध गर्न चालक र सह–चालकलाइ अनुरोध गरिएका बेलसोतका प्रहरी सहायक निरीक्षक बिध्यानन्द चौधरीले जानकारी दिए । कटारीमा प्रहरी सहायक निरीक्षक दीपक कोइरालाको कमाण्ड र अस्थायी ट्राफिक पोस्ट बेलसोतमा प्रहरी सहायक निरीक्षक बिध्यानन्द चौधरीको कमाण्डमा प्रत्येक सवारी साधनहरु चेक जाचगरी हर्न निषेध गर्न चालक र सह–चालकलाई अनुरोध गरिएको हो ।
नगर क्षेत्रका मुख्य ठाउँमा हर्न निषेध तथा हर्न बजाउन नपाइने र चालक र सह–चालकलाई प्रहरीलाई अनुरोध गरेको छ। सवारी दुर्घटना न्यूनीकरण गर्न सडक प्रयोगकर्ताले अपनाउनुपर्ने सावधानी सम्बन्धमा सचेत गराई हुन सक्ने सम्भावित जोखिमहरु कम गर्न प्रहरीले सचेतनामुलक कार्यक्रम गरेको हो।
हर्न बजाउने नाममा त्यसको दुरुपयोग गरिएको र हर्नका कारण ध्वनी प्रदूषण समेत बढेको भन्दै प्रदेश–१ प्रहरी कार्यालयले गत असोज १ गतेबाट प्रदेशमा हर्न निषेध गरेको थियो। साना तथा ठूला सवारीका साधनलाई जथाभावि हर्न बजाउन रोक लगाइएको थियो।
प्रदेशमा पर्ने झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा र उदयपुरमा हर्न बजाउन नपाइने नियम लागू गरिएको हो।
सबै जिल्लाका मुख्य राजमार्ग एवं सहायक राजमार्ग र सवारी साधनको चाप अत्यधिक हुने स्थानलाई लक्षित गरेर ट्राफिक प्रहरीले हर्न निषेधका बोर्डहरु समेत राखेको छ। बढ्दो शहरीकरण, जनसङ्ख्या वृद्धि तथा सवारीसाधनको निरन्तर वृद्धिका कारण कटारीको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।