कटारी । सिद्धिचरण राजमार्ग स्तरउन्नतिको माग गर्दै कटारी नगरपालिका ११ का वाडाअध्यक्ष दिपक बुढाथोकी (सरोज) को नेतृत्वमा स्थानीयद्वारा आन्दोलनको घोषणा गरिएको छ । सिद्धिचरण राजमार्ग अन्र्तगत उदयपुरको कटारी नगरपालिका क्षेत्रमा पर्ने सडक खण्डका स्थानीयले कटारी नगरपालिकाका ११ का वडाअध्यक्ष बुढाथोकी को संयोजकत्वमा ५७ सदस्य सिद्धिचरण राजमार्ग स्तरउन्नितको लागि दबाब समूह गठन गर्दै आन्दोलनको घोषणा गरिएको हो ।
सिद्धिचरण राजमार्गको कटारी नगरपालिका क्षेत्रमा पर्ने कटारीदेखि घुर्मीसम्म जम्मा ४६ किलोमिटर सडक जीर्ण बनेको छ । जुन क्षेत्र कटारी नगरपालिकाको वाडा नम्वर ८, ९, १०, ११, १३ र १४ मा पर्दछ । त्यही सडकको स्तरउन्नतिको माग गर्दै शनिबार कटारी नगरपालिकाको बेतेनीमा बसेको एक भेलाले सिद्धिचरण राजमार्ग स्तरउन्नतिको लागि दबाब समूह गठन गरेको हो । जसमा बुढाथोकीको संयोजकत्वमा सहसंयोगक अम्बरबहादुर मगर, सचिवमा क्षेत्रबहादुर खड्का रहेका छन् ।
यसैगरी सोही दबाब समूहमा कटारी नगरपालिका ८ का वाडाअध्यक्ष कमल श्रेष्ठ, ९ नम्वर वाडाका वाडाअध्यक्ष बेगबहादुर आले, वडा १० का वाडाअध्यक्ष लिलानाथ भट्टराई, वाडा नम्वर १३ का वाडाअध्यक्ष नेत्र श्रेष्ठ र १४ नम्वर वाडाका वाडाअध्यक्ष तेजबहादुर आले पदेन सदस्य रहेका छन् ।
सिद्धिचरण राजमार्ग स्तरउन्नतिको लागि दबाब समूहका संयोजक बुढाथोकीले पहिलो चरणमा स्तर उन्नतिको माग गर्दै आगामी माघ १३ गते कटारी नगरपालिका ज्ञापन पत्र बुझाउने, अनि त्यसपछि इलाका प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय, भौतिक पूर्वाधार तथा यातयात मान्त्रालयमा डेलिकेशन गएर ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । ‘पहिलो चरणमा स्तर उन्नतिको माग गर्दै ज्ञापन पत्र बुझाउने,’ उनले भने, ‘त्यसपछि माग सम्बोधन नभए निरन्तर आन्दोलनको घोषणा गर्ने कार्यक्रम रहेको छ ।’
वषौँअघि गरिएको कालोपत्रै भत्किएको बर्षाैं बितिसक्दा पनि स्तरोन्नतीको काम नहुँदा स्थानीय र यात्रुहरुले चरम सास्ती भोग्नु परेको छ । पटक पटक पुर्न मर्मत र स्तरउन्नतिको काम हुने हल्ला चलेपनि काम नभएपछि फेसबुक गुरुपबाट स्थानीयहरु गोबन्द हुँदै सिद्धिचरण राजमार्ग स्तरउन्नितको लागि दबाब समूह गठन गरेको सल्लाहकार समितिका सदस्य सुवास खनालले जानकारी दिए ।
उनले भने, ‘उदयपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुबासीले प्रयोग गर्ने यो राजमार्गमा सवारी चाप बढिरहे छ,’ लामो समयदेखि मर्मतसम्भार हुन नसकेपछि एकातिर सडक जीर्ण बन्दै गएको छ भने अर्कोतर्फ जोखिम समेत बढ्दै गएको छ, तर, पनि सरकारी निकायबाट हुने पुन मर्मत र स्तरउन्नतिको काम झारो टार्ने मात्र भएको छ, तत्काल स्तरउन्नतिको काम गराउन दाबाब दिनको लागि सिद्धिचरण राजमार्ग स्तरउन्नितको लागि दबाब समूह गठन गरेका हौँ ।’
खनालले भने, ‘यस दबाब समूहले पहिलो चरणमा कटारी नगरपालिका, सडक भिडिजन कार्यालय लहान र इलाका प्रशासन कार्यालयलाई स्तरउन्नतिको माग गर्दै ज्ञापन पत्र बुझाउने छ । त्यसपछि १५ दिन भित्र बेवास्ता गरे सडक नै बन्द गरेर आन्दोलन गर्ने गरी अघि बढेका छौँ ।’
उदयपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका लाखौँ सर्वसाधारणको आवागमन र दैनिक उपभोग्य सामग्री ढुवानी हुने सिद्धिचरण राजमार्गको स्तरोन्नति नगरिँदा यात्रुहरु बर्षामा हिलो र हिँउदमा धुलो सहित जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
प्रदेश २ को सिरहादेखि मिचैँयादेखि प्रदेश १ को उदयपुरको कटारी, घुर्मी हुँदै ओखलढुँगा जोड्ने सिद्धिचरण राजमार्गको कटारी घुर्मी सडक खण्ड ४६ किलोमिटर छ । त्यही ४६ किलोमितर पार गर्न झण्डै पाँच घण्टा लाग्ने गरी जीर्ण बनेको छ ।
सडक दिगो नहुँदा मुख्य व्यापारीक केन्द्र कटारी बजारको व्यापार व्यावसायसमेत खस्केको सरोकारवालाको भनाइ छ । सडकमा एकतर्फी यात्रा गर्नसमेत समस्या छ । तर दोहोरो सवारी साधन सञ्चालन हुने यो खण्डका अधिकांश भाग भत्किएकाले पछिल्लो सयम दैनिक जस्तो साना ठूला दुर्घटना हुने गरेका छन् ।
वि.सं. २०५२ देखि नै निर्माण शुरू भएर २०५८ सालमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको उक्त सडकखण्ड अहिले यतिका वर्ष वितिसक्दा पनि सडकको भत्केको खाल्डा समेत पुनःनिर्माण हुन नसक्दा उदयपुरको कटारीदेखि घुर्मीसम्मको ४६ किलोमिटर सडकखण्ड अहिले जीर्ण भई जोखिम अवस्थामा छ ।
सडकका दायाँबायाँ रहेका भागहरू अधिकांश भत्किएका छन् भने सडकका बीचबीचमा ठूला खाल्डा परेका कारण साना तथा ठूला सवारीसाधन सञ्चालन गर्न दिनानुदिन जोखिम बढ्दै गएको छ । संविधान २०७२ जारी भएपछि भएको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाका जनप्रनिधिले समेत वेवास्ता गरेपछि संगठित भएको आन्दोलन गर्नु परेको सर्वसाधरणको भनाई छ ।
कटारी नगरपालिका ११ का वाडाअध्यक्ष बुढाथोकी थप्दै भन्छन, ‘नयाँ संविधान आएपछि स्थानीय, प्रदेश र प्रतिनिधिसभामा समेत निर्वाचित जनप्रतिनिधिले सिद्धिचरण राजमार्ग बनाउन प्रतिबद्धता जाहेर गरेका थिए, विभिन्न पटक डेलिकेशन समेत गएका थिए, तर, पनि समस्या हल भएन, अनि जनताको समस्या नगरपालिकाका, प्रदेश सरकार र संघीय सरकार समक्ष पुर्याउन जनताको साथ लिएर पुन एक पटक अघि बढ्ने तयारी गरेका छौँ ।’
मिर्चैयादेखि कटारीसम्म २७ किलोमिटर र कटारीदेखि घुर्मीसम्म ४६ किलोमिटर सडक डिभिजन कार्यालय लाहानको मातहतमा मर्मत सम्भार हुँदै आएको छ, भने यता घुर्मी पारिपटी ओखलढुँगाको हर्कपुरदेखि सोलुसम्मको खण्डमा सडक डिभिजन कार्यालय हर्कपुर मातहतमा मर्मत सम्भार हुँदै आएको छ । हर्कपुरदेखि ओखलढुँगा र सोलुम्म राम्रो भपनि मिर्चैयादेखि कटारी हुँदै घुर्मीसम्मको भाग अत्याधिक जिर्ण बनेको छ ।
उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखम्बु तथा सिन्धुलीका केहि स्थानीय तहहरुले प्रत्यक्ष रुपमा प्रयोग गर्ने सडक दिन प्रतिदिन जिर्ण हुँदै जोखिमपूर्ण हुँदासमेत सडक निर्माणका लागि ठोस योजना बन्न सकेको छैन ।
याे पनि पढ्नुहाेस्
सरकारी वेवास्ताले सिद्धिचरण राजमार्ग सधैँ जीर्ण
मिर्चया देखि कटारी हुँदै ओखलढुंगासँग सीमा जोडिएको उदयपुरकै घुर्मीसम्म ७२ किलोमिटर सडक एकतर्फी यात्रा लागि समेत जोखिमपूर्ण बनेको छ । हिउँदको समयमा सडकमा धुलो र धुवाका कारण यात्रा गर्न निकै समस्या हुनेगरेको यो सडकमा अहिले वर्षाको समयमा सडकमा परेको ठुलठूला खाल्डाका कारण सवारीसाधन नै भिरतर्फ पुग्ने अवस्था छ ।
राजमार्ग स्तरोन्नतिका लागि पटक–पटक प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराइएको थियो । स्थानीय तह, उदयपुर उद्योग वाणिज्य संघ, जनप्रतिधिहरु र सर्वसाधारणसमेतले धे्ररै पटक सडक अवस्था बारे जानकारी गराई सकेका थिए । तर, बनेनेको छैन् । तर, हालसम्म सडक निर्माण हुने ठोस योजना सार्वजानिक हुन सकेको छैन ।
सिद्धिचरण राजमार्ग व्यापारिक, धार्मिक, संस्कृति र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण छ । यो राजमार्ग विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेश द्वार हो भने पूर्वको पशुपतिनाथ भनेर चिनिने हलेसी महादेव र खुम्बु क्षेत्रमा पर्यटक जाने राजमार्गपनि यही नै हो ।
त्यसैले सडकको दुरावस्थाका बारेमा पटक–पटक प्रदेश र केन्द्रीय सरकारको ध्यानाकर्षण गराएको जनप्रतिनिधिहरु बताउँछन । ओखलढुंगा र सोलुसम्बुलाई निर्माणधिनि मध्यपहाडी लोकमार्गले राजधानी लगायत पश्चिम नेपालसँग जोडन सहज भएपनी ती क्षेत्रलाई तराई–मधेस जोड्न सिद्धिचरण राजमार्ग नै एकमात्र विकल्प हो । तर, यही सडक प्रयोग गर्ने धेरै राजनीतिक दलका नेताहरु मन्त्री र उच्च पदमा पुगीसकेपनि राजमार्गको अवस्थामा सुधार आउन भने सकेको छैन ।