काठमाडौं, भदौ १५ |
नेपाल प्रहरीका ७२ प्रहरी नायब उपरीक्षक (डिएसपी)हरूको सरूवा भएको छ।
प्रहरी प्रधान कार्यालयले भदौ महिनादेखिको तलब, भत्तासमेत सरूवा भएको दरबन्दीबाट खान पाउने गरी ७२ डिएसपीहरूको सरूवा गरेको हो।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, काठमाडौंमा कार्यरत् अनुपम श्रेष्ठको जिल्ला प्रहरी कार्यालय दैलेखमा सरूवा भएको छ।
महानगरीय प्रहरी वृत्त कालिमाटीमा अपिलराज बोहराको सरुवा भएको छ। कालिमाटी वृत्तमा कार्यरत् रुगम कुँवरको केन्द्रीय अनुसन्धान ब्युरोमा सरुवा भएको छ।
जिल्ला प्रहरी कार्याल उदयपुरमा कार्यरत् गोविन्द पुरीको प्रहरी प्रधान कार्यालय नक्साल भण्डार शाखामा सरुवा भएको छ।
इलाका प्रहरी कार्यालय इटहरीमा देवेन्द्र पाण्डेको सरुवा भएको छ। इटहरीमा कार्यरत् धर्मराज भण्डारीको जिल्ला प्रहरी कार्यालय सरुवा भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत् विनोद शर्माको एक नम्बर प्रदेश प्रहरी तालिम केन्द्रमा सरुवा भएको छ।
जुम्लामा माधव काफ्लेको सरुवा भएको छ। योगेन्द्रसिंह थापाको अछाम जिल्ला प्रहरी कार्यालयमा सरुवा भएको छ।
त्यस्तै, संघीय प्रहरी इकाई कार्यालय कार्यालय काभ्रेकी अन्जना श्रेष्ठको प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनाय नक्सालमा सरूवा भएको छ।
महानगरीय अपराध महाशाखाका उद्धवसिंह भाटको बागमती प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय हेटौंडामा सरूवा भएको छ।
महानगरीय प्रहरी वृत्त, जगातीका डिएसपी चक्रराज जोशीको महानगरीय सशस्त्र प्रहरी गण मुख्यालय महाराजगन्जमा सरूवा भएको छ।