काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव) पक्षका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजसम्म प्राप्त उपलब्धि शहीदहरुको बलिदानबाट नै प्राप्त भएको हो । उहाँले प्राप्त उपलब्ध गुम्ने खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।
जनयुद्धमा शहीद, ज्यान गुमाएका, बेपत्ता परिवार तथा घाइते योद्धाहरुबारे लेखिएको पुस्तक ‘जीवनगाथा’ को आज यहाँ विमोचन गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र समावेशिता नै धरापमा पर्ने खतरा बढ्दै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘म सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदा जनयुद्ध र जनआन्दोलनका सबै योद्धाहरुलाई शहीद घोषणा गर्ने निर्णय भएको थियो, त्यो पूरा हुन सकेन, तर आजसम्म प्राप्त उपलब्धि शहीदहरुको बलिदान नै हो ।’
अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाँसँगै सेना समायोजन संविधान निर्माणलगायतका उपलब्धिलाई सामान्यरूपमा नलिनसमेत आग्रह ।गर्नुभयो । उहाँले थारू समुदायले जनयुद्ध, जनआन्दोलन र मुलुक निर्माणमा पु(याएको योगदानको चर्चा गर्दै जनयुद्ध दिवसको सन्दर्भमा पार्टीले शहीद र शहीद परिवारलाई सम्मान गर्नेसमेत जानकारी दिनुभयो ।
तत्कालीन समयमा दुई हजार ५०० बढी व्यक्ति बेपत्ता पारिएको पहिचान गरिएको छ । बर्दिया जिल्लामा मात्रै २५० नागरिक बेपत्ता बनाइएको छ । बारबर्दिया नगरपालिकाले प्रकाशन गरेको आज सार्वजनिक गरिएको जीवनगाथामा ५८० शहीद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाइते व्यक्तिको जीवनी समेटिएको छ । यसमा ३२८ शहीद तथा मारिएका व्यक्ति, २५० बेपत्ता पारिएका व्यक्ति र १०२ घाइते तथा अपाङ्ग भएका व्यक्तिहरुको जीवनी समेटिएको छ ।
त्यसैगरि शनिबार काठमाडौंमा २६ औं जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष प्रचण्डले प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र समावेशिता नै धरापमा पर्ने खतरा बढ्दै गएको बताउनुभयो ।