राममणी पोखरेल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रत्येक वर्षको फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ को रुपमा मनाउने निर्णय गरेपछि २०७५ सालदेखि निरन्तर मनाउँदै आएको छ । विगतमा यो दिवस एउटा धारले मात्र मनाउँदै आएको थियो । नेकपामा दुवैधार एकीकरण भएपछि यो दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन थालिएको हो । हिजो (शनिबार) फागुन १ गते देशभर मनाइएको छ ।
तर, गत पुस ५ गते प्रतिनिधिसभा भंग गरेर सरकार चलाइरहेको कम्युनिस्ट समूह नेकपा खड्गप्रसाद ओली नेतृत्वको पार्टीले भने सार्वजनिक रुपमै भन्यो, ‘जनयुद्ध दिवस मनाइने छैन् ।’ नेकपाका पूर्व माओवादी समूहमा बसेर दश वर्षे जनयुद्धमा सहभागी भएका, तर, अहिले जनयुद्ध विरोधी समूहमा स्वार्थवस सामेल भएका, मणीकुमार थापा, रामबहादुर थापा मगर, टोपबहादुर रायामाझी लगायतका व्यक्तिहरु नसमस्त बन्न पुगेका छन् । यता पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालको नेकपाले देशव्यापी जनयुद्ध दिवस मनाएको छ ।
नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७१ वर्ष पुरा भइसकेको छ । यस अवधिमा नेपालमा धेरै परिवर्तन र उथलपुथल भएका छन् । नेपाल कम्युनिस्ट पार्टी धेरै समूह र झुण्डामा विभाजन भएको छ । कम्युनिस्ट पार्टीका तीन वटा महाधिवेशन मात्र एकीकृत भएका थिए । तर, ती एकीकृत महाधिवेशन गर्ने पार्टीहरु पनि विभाजित भएका छन् ।
कम्युनिस्ट पार्टी विभाजनका आधारहरु के–के छन् ? यो विषयमा आज पनि वहस हुन अति आवश्यक छ । २०१७ सालको प्रतिगामी कदमपछि पार्टीहरु प्रतिबन्धित हुन पुगे । २०३६ सालको जनमत संग्रहपछि पुरानो प्रतिबन्ध भनेर लेख्ने मौका पाएका थिए । २०४६ सालको जनआन्दोलनको सफलतापछि मात्र नेपालमा पार्टीहरुले खुल्ला आमसभा गर्न पाएका थिए । प्रतिबन्धित हुँदा र विभाजनको पीडा भोग्दा पनि कम्युनिस्टहरु जनताकोमाझमा जान कदापी छोडेनन् । विभिन्न तरिकाले जनतासँग जोडिएर जनतासँगै रहीरहे । जनताको गास, वास, कपास, सुरक्षा लगायतका लागि संर्घष गरिरहे ।
२०४६ सालको परिर्वतनपछि खासमा नेपाल कम्युनिस्ट पार्टीमा दुई धार देखियो । बालिग मताअधिकारको आधारमा गरिने आमचुनावबाट बन्ने प्रतिनिधिसभा मार्फत कानुन बनाएर सुधार उन्नमुख काम गर्दै जाने एउटा धारको कार्यनीति र रणीनीति बन्यो ।
अर्को धारले हतियार उठाउने तर्क प्रस्तुत ग¥यो । नेपालको सामन्तवादको नायक राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, धर्मनिरपेक्षता, समानुपालिक, समावेशी जस्ता एजेन्डा थिए । एकाइशौँ शताब्दीका जनताका आधारभुत समस्यालाई मतदानबाट सम्बोधन गर्न सक्दैन भन्ने ठोकुवा गर्दै जनयुद्धमा होमियो ।
यही जनयुद्धको प्रतिफल हो, आज गणतन्त्र नेपाल, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक, समावेशीको व्यवस्था । जसको कारण लोक कल्याणकारी राज्य व्यवस्था स्थापना भएको छ । एसिया महादेशका ४०÷४२ देशमध्ये नेपालमा जन्मिएको कम्युनिस्ट पार्टी कान्छो मानिन्छ । दोस्रो विश्वयुद्धको समयमा धेरै देशमा कम्युनिस्ट पार्टी व वर्कश पार्टी भनेर गठन भइसकेका थिए । ती देशका कम्युनिस्ट पार्टी व वर्कश पार्टीभन्दा नेपालको कम्युनिस्ट पार्टीले धेरै संर्घष गरेर जनताको माझमा आफुलाई खडा गरिसकेको छ । नेपालमा कम्युनिस्ट आन्दोलन वा मजदुर किसान तथा सर्वहाहारा वर्गको आन्दोलन धेरै अघि बढिसकेको छ ।
नेपाल एक अर्धसामान्तिक, अर्धउपनिवेशिक मुलुक मानिन्छ । शताब्दीऔँदेखि राजतन्त्रत्मक मुलुक भएकाले जनस्तरबाट पार्टीलाई स्थापना गर्नु कठिन थियो । तर, पनि नेपालका कम्युनिस्टहरु प्रतिबन्धित हुँदा पनि संर्घष गरिरहे । अनेकौँ कष्ठ उठाएर जनताको मुक्तिको लागि जुटिरहे ।
दोस्रो विश्वयुद्धपछि विश्वमा चलेका शितयुद्धले झण्डै इस १९९० सम्म विश्व स्प्रष्ट रुपमा दुई धारामा देखियो । यही अवधिमा विश्व विम्युनिस्टहरुमा फुट आयो । असमलग्न आन्दोलनहरुको विकास भयो । विश्वका धेरै शक्तिशाली मुलुकहरुले जुट निरपेक्ष भनेर घोषणा गरे ।
नब्वेकै दशमा शोभियता ढाँचाको समान्तवाद स्खलित भयो । शोभीयत संघ विभाजित भयो । विश्वको एउटा नायक समाप्त भयो । कमजोर भयो । विश्वका शक्तिशाली लेखकहरुले ठूलो हल्ला मच्चाए की, अब इतिहासको अन्त्य भयो, मानौँ विश्वमा इतिहास भन्ने नै मक्सवाद, कम्युनिस्ट पार्टी र उनिहरुले गरेको संर्घष मात्र थियो । विश्वमा जुन प्रकारको पुँजीवादी लहर आएको थियो । त्यसले शोधीयत संघलाई समाप्त बनायो । मक्सवाद समाप्त भयो । इतिहासको अन्त्य भयो भनेर हल्ला गरिरहेको वेला, त्यस पक्षका वुद्धिजीविहरुलाई नेपालमा २०५२ साल फागुन १ गते सुरु भएको जनयुद्धले थप्पड दियो ।
जहाँ जनतामा शोषण, दमन हुन्छ । त्यहाँ संर्घषको ज्वाला दन्किन्छ भनेर ओठे जवाफ ती वुद्धिजीविहरुलाई नेपालका कम्युनिस्टहरुले दिएका थिए, जनयुद्धको प्रआरम्भ गरेर । विश्वका पुँजीवादी विश्लेषहरुले माक्सवाद प्रेरित संर्घषलाई विमतिको रुपमा प्रस्तुत गर्दै आएका छन् ।
विश्वमा अपेक्षाकृत पछि परेका मुलुकमा चलाइने छापामार युद्धको पद्धतिबाट जुन प्रकारको जनयुद्धको सुरु भयो । त्यसको प्रतिफिल आज नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । जनताका जनप्रतिनिििधद्वारा संविधानसभाबाट पहिलो पटक संविधान घोषणा भएको छ । जसको कारण फागुन १ गतदेखि दश वर्ष चलेको जनयुद्ध स्वर्णअक्षरले लेखिएको छ । यसको श्रेय पुष्पकमल दाहाल प्रचण्डलाई नै जान्छ । (लेखक पोखरेल उदयपुरको कम्युनिस्ट आन्दोलनका हस्तीरुपमा परिचित छन्)