काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले, प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई धम्क्याउन थालेको बताएका छन् ।
उनले पार्टीको विधान, दस्ताबेज, सकुर्लर र निर्णय हेर्न आग्रह गर्दै उनले अघि भने, ‘त्यसमा पनि शंका छ भने ४४१ लाई बोलाएर एकएक व्यक्तिको टाउको गने हुन्छ ।, ओलीको डर धम्कीको पछि आयोग लाग्नु हुँदैन् । हामी पनि निर्वाचन आयोगकै साथमा छौँ ।’
उनले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ मा एउटै पार्टीमा नाम, चिन्हबारे विवाद भएमा बहुमतको निर्णय स्वीकार्य हुन्छ प्रष्ट लेखिएको भन्दै निर्वाचन आयोगलाई नधम्क्याउन आग्रह गर्दछु ।’ उनले
ओलीले आयोगमा पुगेर म नै पहिलो अध्यक्ष हुँ, आधिकारिकताको विवादमा पस्न पउँदैन भनेर संवैधानिक निकायलाई धम्क्याएको भन्दै उनले आपत्ति जनाएका थिए ।
प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूले आफैलाई पहिलो अध्यक्ष घोषणा गरेका ओलीलाई पत्याउन जरुरी नभएको बताए ।
उनले ओलीप्रति लक्षित गर्दै पशुपतिनाथले पनि भलो नगर्ने टिप्पणी गरे । ‘पशुपतिनाथले राम्रो, असल मान्छेको मात्रै भलो गर्छ,’ बु्धबार राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपालले भने, ‘पशुपतिनाथले पापीलाई भलो गर्दैनन् चेतना भया । लोकतन्त्रको हत्या गर्ने, संविधानको हत्या गर्ने केपी ओलीको रक्षा गर्दैनन् ।’
ओलीले पहिले मदन भण्डारीको नाम लिने गरेको भन्दै अहिले त्यसलाई विर्सेर पशुपतिनाथको नाम जप्न थालेको अरोप पनि नेपालले लगाए । ‘जनताको अपार उपस्थिति केपी ओलीले बुझ्न सकेका छैनन्,’ उनले भने, ‘केपी ओलीजी मदन भण्डारीको नाम विर्सेर पुशपतिनाथको नाम जप्न थाल्नुभएको छ ।’