काठमाडौं । संसद नरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली अवैधानिकरहेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रचण्ड माधव समूहका का प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताएका छन् ।
उनले भनेका छन्, ‘अहिलेको सरकार अवैधानिक हो, संसद नरहेको अवस्थामा प्रधानमन्त्री ओलीले राजीनामा दिएर आफू कामचलाउ सरकार बन्न सक्ने अवस्थामा छ, त्यसो नगरेकाले अवैधानिक हो ।’
काठमाडौंमा विरोध सभालाई सम्बोधन गर्दै श्रेष्ठले ओली सरकार अवैधानिक भएको दाबी गरेका छन् । संसद नरहेको अवस्थामा बसिरहेको सरकार अवैधानिक भएको र यसले गरेका सबै कामहरु अवैधानिक र असंवैधानिक भएको भन्दै श्रेष्ठले ओली सत्तामुखी र पदलोलुप भएको उनको भनाइ छ ।
तानाशाह बन्ने पथमा हिँडेका ओलीलाई समयमै आफूहरुले चिन्न नसकेको भन्दै जनतासँग क्षमा मागेका छन् । आगामी दिनमा आफूहरु अझ परिवर्तित र व्यवहारिक भएर अघि बढ्ने बताए । ‘चुनाव भाग लिनुभन्दा ठुलो लोकतन्त्र के भनेर सरकारी गुटले हुइँय्या गरिरहेको छ । हामी पनि चुनावको पक्षमा छौँ। तर, संविधान विरोधी चुनाव चाहिएको होइन’ उनले भने ।
ओलीले चुनाव गर्नका लागि नगरेको घोषणा भएकाले त्यसलाई हराउन लाग्नुपर्ने उनले बताए । ओलीले लोकतन्त्रको रक्षा गर्नु आफ्नो पक्षको जिम्मेवारी भएको उपवास मात्रै भएको बताए ।
विकासको नारा दिएर संविधान र लोकतन्त्रमा कालो मसी ओलीले दलेको आरोप लगाए । ओलीले फाँसीवादको सुरु गरेको भन्दै त्यसको असफलता सुनिश्चित भएको दाबी गरे । ओलीको कदम विरुद्ध सबै संघर्षमा आआफ्नो ढंगले लागिरहे पनि संयुक्त आन्दोलनमा जानको लागि छलफल भइरहेको बताए । कम्युनिस्ट र समाजवादको विरोध गर्ने ओली कम्युनिस्ट पार्टीको एक गुटको अध्यक्ष भएको दाबी गरिरहेका छन् ।