काठमाडौं । प्रतिगमनविरुद्धको आन्दोलन सशक्त बन्दै नेकपा प्रचण्ड माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । उनले मंगलबार पार्टीको आधिकारीक फेसबुकबाट प्रतिगमनकोविरुद्ध जारी आन्दोलन सशक्त बन्दै गएको बताएका हुन् ।
उनले भने, ‘आन्दोलनको विभिन्नकोणबाट अघि बढ्दै छ, देशभरीका कार्यकर्ता, बुद्धिजीवी, शुभचिन्तक, नागरिक समाजको साथले प्रतिगमनविरुद्धको आन्दोलन सशक्त बन्दै गएको छ । गएको पुस ५ गते बर्तनमान सरकारले संसद विघटन गरेपछि अहिले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) दुईधारमा विभाजन भएको छ । जसमा नेकपा प्रचण्ड–नेपाल समूह संसद विघटनको विरोधमा निरन्तर आन्दोलन गर्दै आइरहेको छ ।
अर्को नेकपा ओली समूह निर्वाचनको मिति घोषणा गरेर निर्वाचनको बारेमा प्रचारप्रचार गर्दै हिडेको छ । आधिकारिक रुपमा निर्वाचन आयोगबाट दुबै समूहमा दुई पार्टीमा परिमणत भएका छैनन् । दुबै समूह आधिकारीताको दाबी गर्दै आएका छन् । बाँकी माथिको भिडियोमा हेर्न सकिन्छ ।
निर्वाचन आयोगमा पुनः पार्टी आधिकारिकताको दाबी पेस
मंगलबार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेता निर्वाचन आयोग पुगेर दावी पार्टीको आधिकारिताको दावी प्रस्तुत गरेका छन् ।
पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष तथा पार्टी सदस्यबाट हटाइएको र महासचिव विष्णु पौडेललाई जिम्मेवारीमुक्त गरेको विषय जानकारी गराइएको नेता लीलामणी पोखरेलले जानकारी दिए ।
केन्द्रीय सदस्यहरुको बहुमत आफ्नो पक्षमा रहेको दावी सहित पार्टीको आधिकारिकता प्रस्तुत गरिएको नेता राजेन्द्र पाण्डेले बताए । आज बुझाइएको आधिकारिकताको दावीमा २७५ जना सदस्यको हस्ताक्षर छ ।
प्रचण्ड–नेपाल समूहले ४४१ सदस्यमध्ये ६४ प्रतिशत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको दावी गर्दै आएको छ । कतिपय केन्द्रीय सदस्यहरु काठमाडौं बाहिर रहेकाले काठमाडौंमा उपलव्धहरुको हस्ताक्षर गरिएको नेता पाण्डेले जानकारी दिए ।
सोमबार बसेको केन्द्रीय समिति बैठकले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा औपचारिक रुपमा पत्र बुझाउने निर्णय गरेको थियो ।
निर्वाचन आयोगले आधिकारिकता दाबीका लागि दुवै समूह प्रक्रियागत रूपमा नआएको बताउँदै आएका बेला प्रचण्ड–नेपाल समूह आयोग पुगेका हुन् ।