उदयपुर । पुर्वमन्त्री एवंम राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता हरिबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिनु पर्ने धारणा व्यक्त गरेका छन् ।
पार्टीको अभियानकाक्रममा गृह जिल्ला उदयपुर आईपुगेका नेता बस्नेतले मंगलबार पत्रकारसँगको भेटघाटमा प्रतिनिधिसभा विगठन गरेको अवश्थामा उनले सो पदबाट राजिनामा दिनु पर्ने बताए । ‘जव संसद नै नरहेपछि, त्यहीँ संसदबाट चुनिएर गएको प्रधानमन्त्री पद कसरी रहन सक्छ, उनले भने, ‘प्रधानमन्त्रीमा बस्ने हो भने कि संसद पुर्नस्थापना गर्नु पर्यो हैन भने राजिनामा दिनु पर्यो । ‘बैशाखमा निर्वाचन गर्छु भनेर अवैद्यानिक पदमा बस्नु उपयुक्त छैन्, बस्नेतले भने, ‘यो प्रतिगमनको बाटो हो त्यसैले यसको राप्रपाले सशक्त विरोध गर्छ ।
उनले यहीँ सरकारले गरेको निर्वाचनमा सहभागि नहुनेसमेत स्पष्ट पारे । बस्नेतले भने, ‘हिजो राजाले गरेको निर्वाचनमा जसरी दलहरु सहभागि भएनन्, अहिले त्यस्तै हुने हो, निर्वाचन गर्नका लागि एक पंक्षिय हैन, सबै दललाई समझदारामी ल्याएर साझा व्यक्तिको खोजी गर्नु पर्दछ ।
पुर्वमन्त्री बस्नेतले प्रतिनिधिसभा विगठन भएको अवश्थामा साझा व्यक्तिबाट निर्वाचन नभए मुलुकमा ठुलो संकट आउने उद्घोष गरेका छन् । राष्ट्रियता, प्रजातन्त्र र उदारवाद आफ्नो पार्टीको वटमलाईन भएको बताउँदै बरिष्ठ नेता बस्नेतले दलिय शासन व्यवस्थामा राष्ट्रपति साझा बन्न नसकेकाले एकिकृत राष्ट्रनिर्माणका लागि हिन्दुधर्म सहितको राज संस्था अपरिहार्य भएको बताए ।
पञ्चायतकालिन नेताकै रुपमा चिनिएका मन्त्री बस्नेतले मुलुकको प्रमुख पद सम्हाल्ने व्यक्ति पार्टीनिकटको भन्दा पनि साझा व्यक्ति हुनु पर्ने धारणा व्यक्त गरे । ‘त्यस्तो साझा थलोमा जाने व्यक्ति पार्टी निकटको हुँदा पार्टी र व्यक्तिको धारणमा वहकिने हुन्छ, उनले भने, ‘त्यो पदमा कार्यकारी नभई गहनाकोरुपमा राजालाई राख्नु पर्छ ।
उनले राप्रपा हिन्दु धर्म सापेक्ष राष्ट्रको खोजीमा हिड्ेकाले सहयोगका लागि सबैलाई अपिल गरे । पुर्वमन्त्री बस्नेतले राजसंस्था र हिन्दुराष्ट्र जनमत स्रग्रहबाट नभई जनताको वलबाट आउने ठोकुवा गरे । उनले मुलुकको स्थायीत्वका लागि जनताले कम्युष्टि पार्टीलाई दुई तिहाई नजिकको मत दिएपनि त्यसको उपभोग गर्न नसकेको आरोप लगाए ।
दश बर्षे जनयुद्ध छेडेका पुष्पकमल दाहाल प्रति जनताको धेरै आशा रहेपनि कुर्सीमा पुगेपछि त्यसको अपमान गरेको उनले आरोप लगाए । मुलुकको समसामयिक परिस्थितिका बारेमा पत्रकारसँग एक घण्टा समय खर्चिएका बरिष्ठ नेता बस्नेतले पञ्चायती व्यवस्थापछि पत्रकारले आफ्नो पार्टी र आफ्ना नेतालाई व्यवस्ता गरेको गुनासो पोखे ।