काठमाडौं– विश्वभर (कोभिड १९) कोरोना संक्रमितको संख्या ९ करोड ४२ लाख ८० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ७ लाख ५७ हजार ९५८ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ४२ लाख ८० हजार नाघेको हो । शनिबार बिहान यो समाचार तयार पर्दासम्म ६ करोड ७३ लाख २२ हजार २५९ जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमितका आधारमा निको हुने यो दर ७१.४० प्रतिशत हो । पछिल्लो २४ घण्टामा ५ लाख ९ हजार ९२१ जना निको भएका छन् ।
कुल संक्रमितको २६.४५ प्रतिशत संक्रमित अहिले पनि उपचारका क्रममा छन् । अर्थात् सक्रिय संक्रिमतको संख्या २ करोड ४९ लाख ४१ हजार ६६५ छ । यसमध्ये १ लाख ११ हजार ४६५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै कोरोनाले मृत्यु हुनेको संख्या २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ७५४ संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २० लाख १६ हजार ५७२ नाघेको हो । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २.१४ प्रतिशत हो ।
संक्रमणको सबैभन्दा धेरै चपेटामा अमेरिका छ । यहाँ २ लाख ३४ हजार ८ सय ५७ जना संक्रमित भएका छन् भने ४ हजार १ सय ४२ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कूल संक्रमितको संख्या २ करोड ३८ लाख ५४ हजार ३ सय ४९ पुगेको छ भने ३ लाख ९८ हजार ५४ जनाको ज्यान गएको छ ।
कोभिडबाट सबैभन्दा बढी प्रभावित एसियाको पहिलो राष्ट्र भारत हो । भारतमा पछिल्लो २४ घण्मा १५ हजार ६ सय ७७ जना संक्रमित भएका छन् भने १ सय ८९ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा १ करोड ५ लाख २८ हजार ५ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमणबाट १ लाख ५१ हजार ९ सय ५४ जनाको ज्यान गएको छ ।
यस्तै, तेस्रो स्थानमा रहेको ब्राजिलमा ६८ हजार ६ सय ५६ जना थपिदा १ हजार १ सय ५१ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कूल संक्रमितको संख्या ८३ लाख २६ हजार १ सय १५ पुगेको छ । सोही अवधिमा २ लाख ७ हजार १ सय ६० जनको मृत्यु भएको छ ।
यसैगरि पछिल्लो २४ घण्को अवधिमा रसियामा २४ हजार ७ सय ६३, बेलायतमा ४८ हजार ६ सय ८२, फ्रान्समा २१ हजार २ सय २८, टर्कीमा ८ हजार ९ सय ६२, इटालीमा १७ हजार २ सय ४४, स्पेनमा ३५ हजार ८ सय ७८ र जर्मनीमा २२ हजार ९ सय ५७ जना संक्रमित थपिएका छन् । सोही अवधिमा रसियामा ५ सय ७०, बेलायतमा १ हजार २ सय ४८, फान्समा ४ सय १, टर्कीमा १ सय ७०, इटालीमा ५ सय २२, स्पेनमा २ सय १ र जर्मनीमा १ हजार ८८ जनाको मृत्यु भएको जानकारी दिइएको छ ।