उदयपुर । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूह उदयपुरको पाँचौँ जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ । पार्टीको शुक्रबार गाईघाटमा पाँचौँ बैठक सम्पन्न भएको हो । नेकपा प्रचण्ड माधव समूहका जिल्ला सचिव इश्वरमणी राउतका अनुसार १०५ जना सदस्यहरुको उपस्थितिमा जिल्ला कमिटीका सदस्यहरुलाई जिम्मेबारी दिइएको छ । बैठकले नगरपालिका, गाउँपालिका लगायत जनवर्गिय संगठनहरुको इन्चार्ज र सह–इन्चार्ज तोकेको सचिव राउतले जानकारी दिए । बेलका नगरपालिकाको इन्चार्जमा जिल्ला कमिटी सदस्य धनपति आचार्य र सह–इन्चार्जमा राकेश किरातीलाई जिम्मेबारी दिइएको बैठकले निर्णय गरेको छ ।
चौदण्डीगढी नगरपालिकाको इन्चार्जमा कुमार खड्का र सहइन्चार्जमा चुना थापा मगरलाई जिम्मेबारी दिइएको छ । त्रियुगा नगरपालिकाको इन्चार्जमा यदु ढकाल र सह इन्चार्जमा दिल बहादुर तामाङलाई जिम्मेबारी दिइएको छ । कटारी नगरपालिकाको इन्चार्जमा मणिसुन्दर श्रेष्ठ र सह इन्चार्जमा किसुनलाल दनुवारलाई जिम्मेबारी दिइएको छ । रौतामाई गाउँपालिकाको इन्चार्जमा कैशाल बस्नेत र सह इन्चार्जमा दिपेन्द्र दाहाललाई जिम्मेबारी दिइएको छ ।
उदयपुरगढी गाउँपालिकाको इन्चार्जमा देव गिरी र सह इन्चार्जमा कर्णमाया मगरलाई दिइएको छ । लिम्चुङबुङ गाउँपालिकाको इन्चार्जमा कृष्ण निरौला र सह इन्चार्जमा डिक बहादुर राउतलाई जिम्मेबारी दिइएको छ ।
ताप्ली गाउँपालिकाको इन्चार्जमा उद्धव सिंह थापालाई जिम्मेबारी दिइएको छ भने सह इन्चार्ज पछि तोकिने बैठकले निर्णय गरेको सचिव राउतले बताए । बैठकले नेकपा बेलका नगर कमिटी सचिव गणेश बस्नेत, चौदण्डीगढी नगर कमिटी अध्यक्ष राजेन्द्र प्रसाद कटुवाल, उदयपुरगढी गाउँ कमिटी अध्यक्ष गोपाल खत्री र लिम्चुङबुङ गाउँ कमिटी अध्यक्ष भलराज राईलाई जिम्मेबारीबाट हटाएको छ ।
चौदण्डीगढी नगर कमिटी अध्यक्षमा विसन विष्ट, उदयपुरगढी गाउँ कमिटी अध्यक्षमा केशव कार्की र लिम्चुङबुङ गाउँ कमिटी अध्यक्षमा विनोद राईलाई जिम्मेबारी दिइएको छ भने बेलका सचिव पछि तोकिने बैठकले निर्णय गरेको छ । यस्तै बैठकले त्रियुगा नगर कमिटी अध्यक्षमा केशब घिमिरेलाई जिम्मेबारी दिइएको छ ।
यस्तै संघिय निर्वाचन क्षेत्र नं. १ को संयोजकमा टेकबहादुर राउत र सचिवमा विमल किराती, संघिय निर्वाचन क्षेत्र नं. २ को संयोजकमा एविराज राई र सचिवमा हृदय तामाङलाई जिम्मेबारी दिइने बैठकले निर्णय गरेको छ ।
जनवर्गिय संगठन अन्तर्गत प्रेस संगठन उदयपुरको इन्चार्जमा तुलसीप्रसाद कोइराला र सह इन्चार्जमा सुखिलाल चौधरीलाई जिम्मेबारी दिइएको बैठकले निर्णय गरेको छ ।
विद्यार्थी परिचालनको जिम्मेबारी हेम खड्का, प्रतिक्षा ढुंगाना, विमल कार्की र सरोज अधिकारीलाई दिएको छ । युवा परिचालनको जिम्मेबारी किशोर ताम्रकार, मोहन घिमिरे, दिपक दंगाल र सुपेन्द्र राईलाई दिइएको छ ।
खेलकुदको जिम्मेबारी नारायण अधिकारी, मजदुर संगठनको जिम्मेबारी चुडामणि पोखरेल र पदम दाहाललाई दिइएको छ । लोकतान्त्रिक थारुको जिम्मेबारी सुनिता चौधरी, जयराम पंजियार, पशुपति चौधरी, देवनारायण चौधरी, सोमन चौधरी, शिवकान्त चौधरी र भगवानी चौधरीलाई दिइएको छ ।
बैठकको अध्यक्षता जिल्ला कमिटी अध्यक्ष विनोद कटुवालले गरेका थिए भने बैठकको प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा उदयपुर इन्चार्ज बलदेव चौधरीको रहेको थियो । बैठकमा प्रदेश सदस्य राजकुमार राई, अमर रायमाझी, मोहन खत्री, भेषकुमारी राउत, मणिखम्बु, भिम अधिकारी (अनिल), काजीमान तामाङ लगायतको उपस्थिति रहेको थियो ।