उदयपुर । निजामती कर्मचारीहरु आवद्ध राष्ट्रसेवक वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड उदयपुरको कारोवार करिव ६ करोड पुगेको छ ।
संस्थाको आफ्नै सभाहलमा आयोजित २० औँ बार्षिक साधारणसभामा अध्यक्ष केदारप्रसाद दाहालले २० बर्षअघि स्थापना भएको संस्थाको हालसम्मको पुँजि पाँच करोड ८६ लाख ६३ हजार चार सय ३७ रुपैँया ३३ पैसा रहेको आयव्यय विवरणसहितको बार्षिक प्रतिवेदन प्रस्तुत गरे ।
कुल पुँजीमध्ये चार करोड ६० लाख ५१ हजार चार सय ४४ रुपैँया लगानी रहेको छ । ४ सय ४९ जना सेयर सदस्य रहेको संस्थाको सेयर पुँजि ८६ लाख ४९ हजार रुपैँया रहेको अध्यक्ष दाहालले बताए । संस्थागत पुँजीकोषतर्फ ३४ लाख ५४ हजार ६ सय ४८ रुपैँया दुई पैसा रहेको छ । संस्थाको बार्षिक आम्दानीतर्फ ६६ लाख ४८ हजार एक सय २० रुपैँया २२ पैसा रहेको छ । कारोवार गर्नेक्रममा २२ लाख ७४ हजार ९ सय ६० रुपैँया भाखा नाघेको ऋण र एक करोड आठ लाख एक हजार पाँच सय ९७ रुपैँया तरताको स्थितिमा रहेको जनाइएको छ । एक बर्षमा दुई करोड ४३ लाख ७१ हजार एक सय ६७ रुपैँया ऋण असुली गरिएको अध्यक्ष दाहालले बताए ।
त्यसैगरी आगामी आर्थिक बर्षमा ७२ लाख ६५ हजार आठ सय ५० रुपैँया आम्दानी र खर्च हुने प्रस्ताव पेस गरिएको छ । अध्यक्ष दाहालले कोरोना महामारीकाकारण सहकारीका प्रगतिमा केहि बाधा पुर्याएपनि लक्ष्य हासिल गर्न सफल भएको दावि गरे । उनले राज्यबाट कडा रोग भनि उल्लेख भएका रोगीको उपचारका लागि सेयर सदस्य वा आश्रित परिवारलाई दश हजार, सेयर सदस्यको मृत्यु भएमा दश हजार र सुत्केरी भएमा पाँच हजार रुपैँया उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिने प्रस्ताव गरे ।
कोषाध्यक्ष रेकबहादुर मश्राङ्गीले अघिल्लो आर्थिक बर्षको तुलनामा आ.व २०७६÷७७ मा संस्थाले राम्रै प्रतिफल कमाउन सकेको बताए । विभिन्न शिर्षकमा गरेका खर्चविवरण प्रस्तुत गर्दै रेका थिए । प्रस्तुत प्रतिवेदनमा संस्थाको शुद्ध नाफा २७ हजार वचत रहेकोदेखाइएको छ । कार्यक्रममा एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका सन्ततीलाई नगदसहितले सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले नामअनुसारको उपयुक्त व्यवसाय बिद्यालय, घरजग्गा खरिदविक्री, उद्योग, पशुपंक्षीमा लगानी गर्ने वातावरण तयार गर्न आग्रह गरेका थिए । उनीहरुले हालसम्म वचत तथा ऋण कारोबार मात्रै गर्दै आएकोले आगामी बर्षमा समय सुहाउँदो विभिन्न कृषि, व्यवसायिक जडिवुटी, खाद्यमल विउँविजन जस्ता कार्यक्रम सञ्चालन गर्न सुझाब दिए ।