उदयपुर । सरकारले गरेको संसद विघटनको विरोधमा नेपाल कम्युष्टि पार्टी (नेकपा) प्रचण्ड माधव समूहले ५ हजार कार्यक्रता सडकमा उतार्ने भएको छ ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्ने निर्णयको विरोध गर्ने भएको हो ।
नेकपा उदयपुरका अध्यक्ष विनोद कटुवाल दिवशका अनुसार ओलीले गरेको संसद विघटनको विरोध गर्न तयारी तिब्र बनाइएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अध्यक्ष माधवकुमार नेपाल र ओली समूहको अनौपचारीक रुपमा फुटि सकेको छ । तर, बैधानिककता पाएको छैन् । प्रचण्ड माधव समूहले संसद विघटनको विरोध गर्दै आएको छ । प्रचण्ड–माधव नेपाल समुहले संसद विघटनका विरुद्वमा देशैभरि पुस १४ गते ब्यापक प्रर्दशन र आन्दोलनको कार्यक्रमघोषणा गरेको छन ।
यहि क्रममा नेकपा उदयपुरले जिल्ला सदरमुकाम गाईघाट ५ हजार कार्यक्रता उतार्ने नेकपा उदयपुरका अध्यक्ष कटुवालको भनाइ छ । गाउँगाउँ बाट कार्यक्रता ल्याएर ब्यापक जनप्रदर्शन गरिने अध्यक्ष कटुवालले बताए । प्रदर्शनका लागि केन्द्रबाटै निर्देशन आएकाले जिल्लाका सबै नगर र पालिका कमिटीबाट कार्यक्रता ल्याएर व्यापक प्रदर्शन, आन्दोलन गरिने नेकपा उदयपुरका जिल्ला सचिव ईश्वरमणि राउतले बताए । उनका अनुसार आन्दोलनको तिव्र तयारी भैरहेको समेत बताए ।
संसद विघटनको सर्वत्र विरोध भैरहेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), विपक्षी दलका नेता, अन्य दल र नागरिकस्तरबाट पनि ओलीको कदमको विरोध गरि रहेका छन । उदयपुरमा ‘केपी ओली मुर्दावाद’, ‘केपी तेरो पाराले, दुःख पाए साराले’, भन्दै विभिन्न राजनितीकदल र सत्तारुढ दलकै युवा विद्यार्थीले दिनकै नारा लगाउदै प्रदर्शन गरि रहेका छन ।
काठमाडौंको भृकुटीमण्डपमा नेकपाको आमसभा
नेकपा प्रचण्ड–माधव समूहले समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज ९मङ्गलबार० देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।
गएको पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले पुस १४ गते प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो । प्रदर्शनका लागि पार्टीका शीर्ष नेता देशभर खटिएका छन् ।
नेकपाले काठमाडौंको भृकुटीमण्डमा मध्याह्न १२ बजे सभा गर्ने जनाएको छ । सभालाई पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ ।
टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार, कुपण्डोललगायत स्थानबाट जुलूस निकाल्ने तयारी गरिएको नेकपा केन्द्रीय सङ्घर्ष समितले जनाएको छ ।
स्थायी कमिटी सदस्य युवराज ज्ञवाली वेदुराम भुसाल, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, जनार्दन शर्मा, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, योगेशकुमार भट्टराई र अमृतकुमार बोहराले जुलूसको नेतृत्व गर्ने बताइएको छ ।
नेकपाले संसद् विघटनविरुद्ध जनप्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय सङ्घर्ष समिति गठन गरेको थियो । सरकारले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा सडक सङ्घर्षमा उत्रिएको छ । नेकपा प्रचण्ड माधव समूहले देशभर प्रर्दशन गर्दै आएको छ ।